एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव
काठमाडौं, फागुन १२ गते : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बानेश्वरमा छलफल सकिएको छ ।
बानेश्वरस्थित संसद भवनको एमाले संसदीय दलको कार्यकक्षमा प्रचण्ड छलफलका लागि पुग्नुभएको थियो ।
आज प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष ओली बीच भएको भेटवार्ता लगत्तै ओलीलाई भेट्न पुगेका अध्यक्ष दाहालले ओलीलाई पुनः प्रधानमन्त्री बनिदिन भन्दै प्रस्ताव राख्नुभएको हो ।