प्रम देउवा र एमाले अध्यक्ष ओलीबीचको वार्ता निष्कर्षविहीन


काठमाडौं, फागुन १३ गते । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल सकिएको छ । बिहीबार साँझ ७ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठक निष्कर्षविहीन भएर सकिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गर्नुभएको तर एमालेले माधव नेपालसहितका १४ जना सांसद वा सभामुख हटाउन र गठबन्धन तोड्न माग गरेको थियो ।

प्रधानमन्त्री देउवाको प्रस्तावमा एमाले अध्यक्ष ओलीले एमाले जुन कारणले संसदमा प्रवेश गर्न सकिराखेका छैनौ त्यो कारण प्रमलाई पनि थाहाँ छ । र त्यो कारणको निराकरण नभएसम्म संसदमा आएर एमालेको बिचार राख्न हामीलाई कठिनाइ छ भनेर भन्नुभयो ।

बैठकमा नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेकपा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो ।

हिजो दिउँसो पनि दुई प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच संसद् भवनमा छलफल भएको थियो । उक्त छलफलमा दुई अध्यक्षबीच साँझ पुनः बैठक बस्ने सहमति गरी सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई