कांग्रेस–एमालेको वार्ता निष्कर्षबिहिन भएपछी पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किए माधव नेपाल
काठमाडौं, फागुन १३ गते । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल निष्कर्षबिहिन भएपछी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आउनु भएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति बार्ता निष्कर्षबिहिन भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आउनु भएको हो ।
एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गरिनुपर्ने माग राखेर गएको २३ भदौदेखि लगातार संसदमा बिरोध गर्दै आएको छ ।