प्रचण्ड निवासमा माओवादी नेता र मन्त्रीको आकस्मिक बैठक शुरु
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल र आवश्यक निर्णय लिन माओवादी केन्द्रले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भर्खर शुरु भएको छ ।
नेताहरु नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल,गिरिराजमणि पोखरेल,शक्ति बस्नेत,हरिबोल गजुरेल,हितमान शाक्य,पम्फा भुसाल,देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको छ ।
छलफल सरकारमा बस्ने वा नबस्नेबारे निर्णयमा केन्द्रित रहेको बताइएको छ ।