माओवादी केन्द्रले गठबन्धन बचाउन एमसीसी सम्झौता अनुमोदन हुन दिने बाटो रोज्ने र गठबन्धन बच्चाउने अन्तिम कोसिस गर्ने
काठमाडौं, फागुन १३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ ।
अध्यक्ष प्रचण्डको निजी सचिवालयले आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै बैठकमा गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएको छ । पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छ। सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुनेछ ।
खुमलटारमा भएको यस बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणा रहेको बताइएको छ ।