नेपाली कांग्रेसले ठोस प्रस्ताव नै नराखेपछी..
काठमाडौं, फागुन १४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता हिजो बेलुकी भएको छ ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको पुरानै कुरा दोहो-याएपछी बैठकमा कुनै सहमति नभएको हो ।
बैठक पछि एमालेका नेता प्रदीप ज्ञवालीले आज ठोस प्रस्ताव नआएको र आफूहरुले संसदमा एमालेले सहज रुपमा उपस्थित हुने बतावरण बनाउन आग्रह गरेको , त्यसका लागि एमालेले निष्काशन गरेका १४ जनाको नाम टाँस गर्नु पर्ने वा सभामुखले स्टेप डाउन गर्नु पर्ने कुरा राखेको बताउनुभयो ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न चाहेको बताउनुभयो ।
साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अधिकतम् सहमतिबाट पास गरेर राष्ट्रिय महत्वको विषयमा हामी एक छौं भन्ने प्रदर्शन गर्नु पर्ने बताउनु भएको मन्त्री कार्कीले जानकारी गराउनुभयो ।