अवैध लागूऔषध सहित पक्राउ


बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट करिब ३ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ बस्ने ४० वर्षीय वीरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका-२ बस्ने २३ वर्षीया खिमा खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, चुरे गाउँपालिका-५ लिसबेली बस्ने आईते जाग्रीलाई करिब १३ केजी अवैध लागूऔषद चरेश जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोक प्रगती टोलस्थित प्रेमा चौधरीको डेरा कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने ३१ वर्षीय मनोज जोशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मनोज जोशीको साथमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१० रक्षामार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने  म्याग्दी रघुगंगा गाउँपालिका-७ चिमखोला घर भएका २१ वर्षीय सन्दिप पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई