
काठमाडौं फागुन १५ गते : नेकपा माओवादी केन्द्रका एमसीसी पास गर्न प्रस्ताव् राख्नेलाई जुत्ताले हानेर लखेट्ने सार्वजनिक अभिव्यक्ति दिनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै आज बिहान बसेको भनिएको माओवादीको बैठक अवैधानिक रहेको र त्यसले गर्ने निर्णय आधिकारिक नहुने दाबी गर्नुभएको छ ।
हेर्नुस न्यौपानेको स्टाटस
नेकपा (माओवादी केन्द्र) ले आज mcc बारे गरिएकाे भनिएकाे निर्णयबारे
नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय समितिकाे बैंठक पटक पटक स्थगित गरिएकाे छ । महाधिवेशनपछि पार्टीको केन्द्रीय समिति र अध्यक्ष मात्र बनेकाे अबस्था छ । एकातिर केन्द्रीय समितिकाे बैठक बसाल्दै नबसाल्ने अर्कोतिर mcc जस्ताे मुलुकलाई दीर्घकालीन असर पार्ने गम्भीर बिषयमा अध्यक्षले एकल निर्णय गर्दै पार्टीलाई कांग्रेस, एमाले जस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याउने ? यसकाे मारमा देश, जनता, पार्टी र पार्टीका कार्यकर्ता पर्नुपर्ने । हालकाे नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिकाे निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेकाे भनिएकाे बैठककाे कुनै बैधानिकता छैन ।