सत्तारुढ दलले एमसीसीबारे व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने भएपछी पूर्वमहान्यायाधिवक्ता बडालको यस्तो आयो स्टाटस


काठमाडौँ, १५ फागुन : सत्तारुढ दलले व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारीत गर्ने निर्णय गरेपछी पूर्वमहान्यायाधिवक्ता रमेश बडालले व्याख्यात्मक टिप्पणिको प्रस्ताव भनेको लाज छोप्न ल्याएको लगौटी प्रस्ताव भएको एक स्टाटस मार्फत बताउनु भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै त्यसतर्फ सन्केत गर्नुभएको छ ।

हेर्नुस बडालको स्टाटस

आज विहानै अफिस आउने क्रममा मेरा एकजना माओवादी मित्र संग भेट भयो ।
प्रसंग वहाले नै कोट्याउन् भयो, पहिला एमसिसि वेठिक छ भनेर सडकमा पठाउनु भयो ।
अव, व्याख्यात्मक टिप्पणी सहित पारित गर्ने भन्ने छ ।्
कानूनमा यस्तो कुनै व्यवस्था छ ?
सायद कानून व्यवसायी भएको हुदा वहाले राखेको जिज्ञासा म प्रति हुनु स्वभाविक थियो ।
मैले वहालाई सम्झाउदै भने, श्रीमानले घर जग्गा वैकमा धितो राखेर कर्जा लिएछ । घरमा आएपछि श्रीमतीले श्रीमानलाई भनीन, तपाईले पैसा तिर्नै कुनै योजना छैन, घर धितोमा राखे पछि ऋण तिर्न सकिएन भने घरको उठिवास हुन्छ । श्रीमानले श्रीमतिलाई कर्जा तिर्ने विषयमा एउटा व्याख्यात्मक टिप्पाणि लेखेर ओछ्यानको सिरानीमा राखिदिए । श्रीमतीले सवै कुरा पढिन र खुसि भईन ।
श्रीमानजीले लिएको कर्जा तोकिएको मितीमा तिर्न सक्ने अवस्था भएन, घर लिलामी भयो । उठिवास हुने भए पछि श्रीमतीले वैकमा गएर झगडा गरिने । वैकले भन्यो, यस्तो कागज तपाईलाई फकाउन दिएको कागज हो, यो कागज वैकको सम्झौताको अंग होईन । तपाईको श्रीमानले तपाईलाई फकाउन गरेको कागजको यो कर्जा संग कुनै सरोकार छैन ।
अहिले भनिएको व्याख्यात्मक टिप्पणि र श्रीमानले श्रीमतीलाई फकाउन लेखेको कागज उस्तै हो । यसको कानूनमा कुनैमहत्व हुदैन ।
यदि यो व्याख्यात्मक टिप्पणीमा नेपाल र अमेरीका दुवैले हस्ताक्षर गरे भने भने मात्र यसको कानूनी महत्व हुन्छ ।
मैले सन्धीको भाषामा उनलाई भने, दुई देशको विचको सन्धीमा रिजर्भेशन भन्ने कुरा पनी हुदैन । यदी यसमा रिजर्भेशन गर्ने भए, यसले सन्धीको स्वरुप ग्रहण गर्दैन । यस्तो रिजर्भेशन भनेको कुनै कुनै वहुपक्षीय सन्धीमा मात्र हुन्छ ।
यसरी नै दुई पक्ष विचमा भएको सन्धीमा एक पक्षले गरेको व्याख्यात्मक टिप्पणी वा संकल्पको कुनै महत्व हुदैन ।
यस्तो काम जनतालाई केही समय झुक्याउन वा अझ भनौ भने लाज छोप्न मात्र काम लाग्छ ।
ति मित्रले भने,
ए यसो भए यो अहिले संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणिको प्रस्ताव भनेको लाज छोप्न ल्याएको लगौटी प्रस्ताव हो छ ?
म अवाक भए ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई