एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गर्यो भने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला : पुर्व मन्त्री राई
काठमाडौं फागुन १६ : जनता समाजवादी पार्टी (जसपा)का नेता एवम् पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले MCC ले १२ बुँदे व्याख्या स्वीकार गर्यो भने आफूलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउन भन्नुभएको छ ।
सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा एमसीसी सम्झौता केपी शर्मा ओलिले जस्ताको तस्तै पास गर्न खोजेका थिए; मैले संशोधन गरेर पास गराएँ भनेपछी राईको सो भनाई आएको हो ।
हेर्नुस पुर्व मन्त्री मोहम्मद इस्तियाक राईको ट्विट
“केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए; मैले संशोधन गरेर पास गराएँ ।” सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने हो । मेरो दाबी छ- MCC ले १२ बुँदे व्याख्या स्वीकार गर्योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला ।अब कुनै पक्ष बाट थप गिजोल्ने काम नहोस ।