उदयपुरमा वर्डफ्लुः १६ सय कुखुरा मरे, ५ हजार नष्ट गरिँदै


उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा  वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलो पटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका वडा नं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएकाे हाे । १ हजार ६ सय भन्दा बढी कुखुरा मरेका छन् ।

केही दिन अघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङ लगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले जानकारी दिए ।

त्यस क्षेत्रमा १ हजार ६२५ पन्छी मरेकाे साहले बताए । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो । विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।

भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए । बर्डफ्लु पुष्टि भएका ५ हजार पन्छी नष्ट गरिने साहले बताए ।

 

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई