एमसीसीबारे ‘मृत’ प्रस्ताव संसद्मा पेस गरियो : ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीको ब्याख्यात्मक प्रस्तावको अर्थ नभएको बताउनुभएको छ ।
एमसीसीबारे धारणा सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले संसदमा प्रस्तुत भएको प्रस्ताव कानुन सम्मत नरहेको बताउनुभयो । उहाँले कानुनअनुसार कुनै एउटै अधिवेशनमा प्रस्तुत भएको प्रस्ताव त्यही अधिवेशनमा छलफल गर्नुपर्ने प्रावधन रहेको जिकिर गर्नुभयो ।
तीन वर्षअगाडि प्रस्तुत भएको भनिएको प्रस्तावलाई अहिले प्रस्तावै पेस नगरिकन गैरकानूनी ढंगले मृत प्रस्ताव, अस्थित्वमा नरहेको प्रस्तावलाई नै अस्थित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम फेरि सभामुखले गरेको ओलिको आरोप थियो ।