माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी एमाले अध्यक्ष ओलिको कटाक्ष
काठमाडौं, फागुन १७ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै आत्तिएको भन्दै कटाक्ष गर्नुभएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले यस्तो बताउनुभएको हो।
ओलीले प्रचण्डको नाम नलिइकन भन्नुभयो ‘एकजना भने केपी ओली फेरि प्रधानमन्त्री भए भने नेपालको सर्वनाश हुन्छ । उहाँको म थर भन्न चाहान्नँ कसले भनेको भनेर । किन आत्तिनुभयो उहाँ त्यति साह्रो ? नेपालको पार्टी पनि ध्वस्त हुन्छ । अनि त्यस कारणले एमसीसी पास गरियो भन्नुहुन्छ उहाँ ।’
ओलीले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने बताउदै उहाँले वर्तमान ‘परमादेशी’ सरकार असंवैधानिक भएको भन्नुभयो ।
उहाँले वर्तमान सत्ता गठबन्धन अवैध तरिकाले बनेको भन्दै तत्काल विघटन हुनुपर्ने समेत बताउनु भयो ।
अध्यक्ष ओली भन्नुहुन्छ- ‘यो अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो । यो तत्काल विघटन हुनुपर्दछ । हामीले भनेका छौँ। भावनात्मक रूपमा लोकतन्त्र स्वीकार नगरेका शक्तिहरू सरकारमा छन् । त्यसकारण असंवैधानिक सरकार ढल्नुपर्छ ।’