एमसीसी पारित भएपछि प्रमदेउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी
प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित भएपछी अमेरिकी विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेका हुन् ।
ब्लिन्केन केही समय अगाडि सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै यसको जानकारी दिएका हुन । युक्रेनमा रुसले गरेको सैन्य आक्रमणको बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रीले जनाएका छन ।
ब्लिनकनले भनेका छन्– नेपालका प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो , रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।
मेरिकी विदेशमन्त्री ब्लिन्केन ट्विटको
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022