एमाले नेता भीम रावलले एमाले अध्यक्ष ओलीलाई दिए यस्तो चेतावनी
काठमाडौं फागुन १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावललाई अनुशासनहीन ढंगले हिरो बन्न खोजेको भन्दै कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् या चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् । त्यसको विरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् भन्दै सो काम नगर्न् र आत्मकेन्द्रित,आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन नहुन भनेपछी सल्लाहकार परिषदको सदस्य भीम रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया भन्दै ओलीलाई चेतावनी दिनु भएको छ ।
उहाले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।
रावलको ट्विट
स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।