एमाले अध्यक्ष ओलीको अपिल


काठमाडौ, फागुन १९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसाँस्कृतिक विशेषताहरु मौलिक पुँजी भएको बताउनुभएको छ । ग्याल्पो ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एकता र सहिष्णुताको यस विशेषतालाई देश निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘हाम्रो संविधानले विविध भाषा,संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ एमाले अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ‘विभिन्न समुदायका धार्मिक तथा साँस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा,लिपी,धर्म,संस्कृति सम्पदाको संरक्षण गर्दै आएको छ । ’

नेकपा एमालेले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई लक्ष्य बनाएर अगाडि बढिरहेको अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ । अध्यक्ष ओलीले ग्याल्पो ल्होसारको अवसरमा भन्नुभएको छ ‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन म यस सुखद् अवसरमा सबैमा हािर्दक अनुरोध गर्दछु । ’

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई