रुसी सेनाले दक्षिणी युक्रेनको खेरसन शहर कब्जा गरेपछी


युक्रेन, फागुन १९ गते : रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ ।

‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति ूरूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको ३००,००० मानिसहरूको शहर–खेरसनको पतन महत्त्वपूर्ण छ किनभने यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा शहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिनेछन ।

बुधवार युक्रेनमा सर्वसाधारणको हताहतीको घटना बढेको छ। संयुक्त राष्ट्र संघले २२७ नागरिक मारिएको बताएको छ ।

एन वाइ टि का अनुसार, युक्रेन सरकारले शुरुमा नागरिकको मृत्युको सङ्ख्या २,००० भन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो सङ्ख्यालाई ‘अनुमानित’ भन्दै कति मानिसहरू अझै पनि आगलागीमा परेको र भग्नावशेष हराइरहेका छन् भन्ने यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ ।

मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो ।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् ।

यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई