राप्रबिंस नेपालको प्रवक्तामा त्रि बिक्रम सिंह
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभा सम्पन्न भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रमुख अतिथि रहेको घोषणा सभाले ७६ सदस्यीय कार्यसमिती घोषणा गरेको हो ।
घोषणासभाबाट विद्यार्थी नेता त्रि बिक्रम सिंह प्रवक्तामा मनोनित भएका छन । घोषणा सभाले पार्टीका योजना र सिद्धान्तलाई सहयोग पुर्याउदै देशभर संगठन बिस्तार गर्ने बताएको छ ।
गत फागुन ६ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको दुइतिहाइ बढी कार्यसमिती राप्रपा नेपालमा समाहित भएको थियो । त्यसपछी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल ले निरन्तरता भएको हो ।