अवैध लागूऔषध सहित पक्राउ


धनुषा, सबैला नगरपालिका-९ कुसमाहाबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३० वर्षीय लालबाबु कापरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३० पावरहावसस्थित सडकबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित स्याङ्जा हरिनास गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ५०७० नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी स्कुटर चालक ती किशोरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई