वासिङटन डिसीमा डुवान, विद्युत र यातायात सेवा अवरुद्ध


वासिङटन डिसी, २४ असार (रासस÷एएफपी) ः अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो । राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् ।

अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३.३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ । सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई