माओवादी केन्द्रीय कार्यसमितिको बैठक, नारायणकाजीको लिखित मन्तव्यमा प्रचण्डमाथी गम्भिर आरोप
काठमाडौं, फागुन २० गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । माओवादी केन्द्रको पदाधिकारी चयन, कार्य विभाजन, कार्यसमितिको पूर्णता, स्थानीय चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रचण्डमाथी गम्भिर आरोप लगाउनु भएको छ । श्रेष्ठले लिखित मन्तव्य राख्दै प्रचन्डमाथी नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाउनु भएको छ ।
बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
फागुन १५ गतेको प्रतिनिधिसभा संसदबाट एमसीसी अनुमोदन भएसँगै माओवादी केन्द्रकै केही नेताहरु असन्तुष्ट हुनुहुन्छ ।