जव आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरे


आफ्नै छोराले आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीको धारिलो हतियार प्रहार गरी आज हत्या गरेको हो । घरमा रहेको भैँसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैँसी बिक्री गरेको भनेपछि विवाद हुँदा आक्रोशित छोरा गुड्डुले आमालाई घरमा रहेको धारिलो हतियार प्रहार गर्न थालेपछि ज्यान जोगाउन भाग्ने क्रममा लखेट्दै गएका छोराले घरबाट करीब चार सय मिटर पर पुगेपछि शोभादेवीको घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र परिवारका सदस्यले गुड्डुलाई रोक्न नसक्दा शोभामाथि हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शवपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई