अवैध लागूऔषध सहित पक्राउ


ठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-८ मगरटोल बस्ने ३२ वर्षीय सुरेश थापा मगर र काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-४ घर भएका १९ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-६ स्थित अभिषेक ट्रेडर्स कवाड संकलन केन्द्रबाट करिब २ केजी ८ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित सोही केन्द्रका संचालक भारत मोतिहारी ग्राम खैरी-३ बिहार घर भएका ४२ वर्षीय राधेश्याम जैसवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त केन्द्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले केन्द्र तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-५ पैनीबाट करिब १ ग्राम ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-५ बस्ने २० वर्षीय प्रकाश चौधरी र सोही ठाउँ बस्ने ३० वर्षीय पशुपती राजवंशी रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले प्रकाश चौधरीको साथबाट करिब १ ग्राम ५ सय मिलिग्राम र पशुपती राजवंशीको साथबाट करिब ४ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहको ८ न वडामा अग्रता

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ न वडामा अग्रता

२०७९ जेठ ६ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई