ज्यानभरी किर्ना बोकेर कानमा चमेरा झुन्ड्याउॅंदैन रे कांग्रेस : पूर्व मन्त्री बास्कोटा


काठमाडौं फागुन २२ : एमालेका प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले ज्यानभरी किर्ना बोकेर कानमा चमोरो झुन्ड्याउॅंदैन रे कांग्रेस भन्नुभएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिएपछी कांग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरु ओत लाग्न खोजेको भनेपछी पूर्व मन्त्री बास्कोटाले उक्त कुरा बताउनु भएको हो ।

कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले भनेका थिए वास्तवमा कांग्रेसका हात्ती हो हात्ती लम्किरहदा कुकुराहरु भुक्ने गर्छन् धेरै दिन भएको छैन अस्ती दुईचार दिनमात्र अगाडि कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरु भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । इलेक्सन इयर हो । त्यसैले कांग्रेसरुपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । चुनावको मैदानमा कांग्रेस लम्किदै गर्दाखेरी अर्थात चुनावको मैदानमा लम्किरहेको कांग्रेसरूपी हात्तीको ठूलो कान देखेर चमेराहरु हात्तीको कानमा ओत लाउन खोज्दैछन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन भन्नेकुरा हामीलाई राम्रो सँग थाहा छ । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउछन् । त्यसैले कांग्रेसको रोडम्याप प्रष्ट छ जनताबीच कांग्रेस एक्लै जान्छ भनेका थिए ।

हेर्नुस बास्कोटाको स्टाटस
ज्यानभरी किर्ना बोकेर कानमा चमोरो झुन्ड्याउॅंदैन रे कांग्रेस ! कान ठाडै राख है गठबन्धन हिस्टेरिया वाला हो।आज पुकदाले राष्ट्रवादको ग्लोरीफाइ गर्ने ऐतिहासिक दिन पनि हो।फरकै छैन काजी कमरेडले अब त्यसो नहुने गम्भीर चेतावनीसाथ लायाप्चे ठोक्छन,जसरी झलनाथले पांच घण्टा भाषण ठोकेका थिए!

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई