काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य एमालेमा प्रवेश
काठमाडौँ फागुन २२ : विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई ओलीले पार्टी प्रवेश गराउनुभएको हो ।
काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु दर्शनाको चुनावी कमाण्डर हुनुहुन्थ्यो ।
पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार डा. राजन भट्टराईलगायत स्थानीय नेताहरु सहभागी हुनुहुन्थ्थो ।