साफ महिला फुटबल आज : दुबै टिमको उपाधि जित्ने दाबी


विराटनगर, ७ चैत : पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । 
समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताउनुभयो । नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् । 
भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताउनुभयो । उहाँले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गर्नुभयो । भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताउनुभयो । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस  
यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई