अवैध लागूऔषध सहित ७ जना पक्राउ


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका-१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१९ फुलवारीबाट सोही उपमहानगरपालिका-१९ पच्चिस घर बस्ने २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई करिब १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित शनिबार साँझ प्रहरीले पक्राउ गरको छ । सिमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा टाइसन कुश्मीको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसाबारीबाट करिब १२ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद २ हजार ६ सय ९० रुपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रकाश ढकाल समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली डेरा गरी बस्ने २६ वर्षीय चेतन मगरलाई नियन्त्रित लागूऔषध ३ हजार ६० ट्याब्लेट ट्रामाडोल, १ हजार ७ सय ५० ट्याब्लेट स्पास्पेइन र २ हजार ३ सय १५ ट्याब्लेट डिकोलिक सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई