अवैध लागूऔषध र पेस्तोल सहित ३ जना पक्राउ


बाँके, खजुरा गाउँपालिका-१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका-२ बस्ने २७ वर्षीय मनिस थापा र  नेपालगंज उपमहानगरपालिका-१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।

रबिन्द्रले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रबिन्द्रको साथबाट उक्त लागूऔषध र घरमा लुकाइ राखेको उक्त पेस्तोल फेला पारी रबिन्द्र तथा उनीसँग कारोबार गर्ने मनिस र सुरेशलाई समेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई