एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भए – अध्यक्ष ओली


पोखरा, फागुन २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताउनु भएको छ ।
पोखरामा आज मानवअधिकार एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ओलिले एमाले नेतृत्वको सरकार ढलाउन संसार भरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएपछि त्यो सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यसकारण दुनियाँभरीका स्यालहरु हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको बैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्छ ।’

ओलीले अदालतको परमादेशबाट सरकार बनाउने भएपछि लोकतन्त्र किन चाहियो भन्ने प्रश्न गर्दै आफू नेतृत्वको दुई तिहाइको सरकार गलत तत्वहरुले सहन नसकेर फालेको ओलीले दाबी गर्नुभयो । पार्टीभित्र र बाह्य शक्तिहरु मिलेर आफ्नो सरकार ढलाएको उहाँको जिकिर थियो ।

अध्यक्ष ओलीले जनतामा जान नसकेर परमादेशबाट सरकार ल्याए, संसदबाट होइन, अदालतबाट मुद्दा जितेर सरकार ल्याउने भएपछि लोकतन्त्र किन चाहियो ? भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई