जसले मसुहर बालिकालाई धर्मपुत्री बनाए, अहिले विवाह गरिदिँदैछन्


सुधा देव/ न्युज कारखाना
सप्तरी, २४ फागुन
समाजमा छुवाछूत कायमै रहेका बेला सप्तरीकाे अग्निसाइर कृष्णासवरन गाउँपालिका-३ का सत्यनारायण चौधरीले उदारणीय काम गरेका छन्  । सानैदेखि मुसहर दलित परिवारकी बालिकालाई आफ्नी छोरी बनाएर लालनपालन गरेका चाैधरीले अहिले २४ वर्ष पुगेपछि विवाह गरिदिन लागेका हुन् ।

उनले ती आफ्नी छोरी  संगीताकुमारी सदाको राजविराज-१२ बस्ने बद्री सदाका छोरा दिनेश सदासँग २५ फागुनमा गरिदिन लागेका हुन् ।

छूवाछूतविरुद्ध सकारात्मक सन्देश दिन मुसहर युवतीकाे लालनपाेषण गरेकाे उनले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले भनिन्,´सत्यनारायणले चाहेको भए आफ्नै थरकी बालिकालाई धर्मपुत्री  बनाउन सक्नुहुन्थ्याे । उहाँले त्यसो नगरी छूवाछूतविरूद्ध सकारात्मक परिवर्तनको लागि मुसहर बालिकालाई धर्मपुत्री बनाउनुभयाे ।’

चाैधरीले समाजलाई छूवाछूत विभेदबाट मुक्त गर्न भूमिका खेलेकाे र यसबाट समाजले पाठ सिक्नुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई