२०७८ फागुन २५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
कर्कट– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ ।
सिंह– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
कन्या– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
तुला– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
मकर– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कुम्भ– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
मीन– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।