एमसीसीविरुद्ध नबोल्न र फेसबुकमा लेखेका स्टाटस मेटाउन माधव नेपालको कडा निर्देशन
काठमाडौं फागुन २५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता सम्झौता एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ ।
बुधबारदेखि काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधनका क्रममा नेपालले एमसीसीविरुद्ध नबोल्न नेता कार्यकर्ताहरूमा निर्देशन दिनुभएको हो ।
नेपालले सम्बोधनका क्रममा भन्नुभयो ‘पार्टीको पनि समर्थनमा एमसीसी संसदबाट पास भइसकेको छ। यसबारे पार्टीले औपचारिक निर्णय पहिले नै गरिसकेको छ’, ‘पार्टीको निर्णय सबैलाई बाध्यकारी हो। एमसीसीविरुद्ध लेखिएका स्टाटस अब मेटाउनुस्।’