चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन : अध्यक्ष ओली
विराटनगर, २५ फागुन : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाउनुभएको छ । आज मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उहाँले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले कुनै पनि हालतमा चुनाव चिन्ह हरियो राख्न नहुनेमा बताउदै उहाँले भन्नुभयो ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ ओलीले भन्नुभयो, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
ओलिले ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भन्नुभयो, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’