अवैध लागूऔषध सहित पक्राउ तथा बरामद


धादिङ, गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका-३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका-१ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका-३ स्थित सडकबाट करिब २५ किलोग्राम अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने माधब गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ घर

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

अर्घाखाँची, आफ्नै श्रीमती ५० वर्षीया मनकला भुषालको हत्या गरेको अभियोगमा सितगंगा नगरपालिका-३ खसर्का बस्ने ५४

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट करिब २० किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई शुक्रबार दिउँसो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई