एमाले बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी भएको हुनाले पार्टीभित्र बलियो एकता कायम गर्दै सत्ता गठबन्धनलाई मिलाएर लैजानुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं फागुन २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमाले बलियो र व्यापक संगठन सञ्जाल तथा जनाधार भएको पार्टी भएको हुनाले पार्टीभित्र बलियो एकता कायम गर्दै सत्ता गठबन्धनलाई मिलाएर लैजानुपर्ने बताउनु भएका छ ।
प्रम देउवाले र्साको वीरगञ्जमा कांग्रेस जिल्ला कार्य समितिका नयाँ पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उक्त कुरा बताउनु भएको हो । देउवाले मुलुकको संविधान र चुनाव प्रणालीका कारण कुनै एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले कांग्रेसले गठबन्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
देउवाले एमालेभित्रजस्तो एकता कांग्रेसभित्र नभएको भन्दै एक्लै चुनाव लड्दा अघिल्लो चुनावमा पराजित भएको बताउदै अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ भन्नुभएको छ ।