सुनको सिक्री चोरी गरी भाग्दै गरेका २ जना प्रहरीद्वारा पक्राउ


बर्दिया, बढैयाताल गाउँपालिका-८ शितलाबजारमा सोही गाउँपालिका-८ कण्ठपुर बस्ने ४८ वर्षीया महिलाको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा रानीघाट नगरपालिका-२० बस्ने २१ वर्षीय राकेश सिह राठौर र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । उक्त बजारमा लागेको हाटबजारमा तरकारी किन्दै गरेको अवस्थामा २ जना अज्ञात व्यक्तिहरुले महिलाले घाँटीमा लगाएको सिक्री तानेर भागेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी शितलाबजारबाट तत्काल खटिएको प्रहरीले उनीहरूलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धि कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई