हरेक घटनामा संसदीय समिति बनाउन हुन्न : पूर्वप्रम खनाल


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हरेक घटनामा संसदीय समिति बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानविरुद्ध हिंसाको बाटोमा अब कोही पनि जान नहुने बताउनुभयो । नेता खनालले सरकारले सबैलाई शान्ति प्रक्रियामा ल्याउन प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सर्लाहीमा भएको घटनाले लोकतन्त्र नै कमजोर हुने देखिएकाले छानबिन समिति गठन हुनुपर्ने माग राखिएको बताउनुभयो । “संविधान एवं संसद्ले पारित गरेको कानूनसँग जोडिएको विषय भएकाले समिति गठन हुनुपर्छ, पेट्रोलियम पदार्थको भाउ रु पाँच बढेका बेला, निर्वाचनमा धाँधली भयो भनी संसद्बाटै छानबिन समिति बनेको छ, यो घटनाको सत्यतथ्यमा पुगिएन भने लोकतन्त्र खतरामा पर्नसक्ने भएकाले समिति गठनको माग गरेका हौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई