माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको फैसला चैत २० गते हुने
काठमाडौं : नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई २०७८ चैत २० गते हुने भएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेका हुन् ।
ओलीको मागअनुसार अन्तरिम आदेश आएको भए माधव नेपालसहित १४ सांसदको पद र नेकपा एसको पार्टी गतिविधिमा रोक लाग्न सक्थ्यो ।
एमालेले पार्टीका तत्कालीन १४ सांसदलाई कारवाही गर्ने गरी गरेको सिफारिश बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले सूचना प्रकाशित नगरेपछि ओलीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यही विषयलाई लिएर एमालेले झन्डै ७ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
एमाले विभाजनका क्रममा निर्वाचन आयोगले ती १४ सांसदको हस्ताक्षर समेत सनाखत गरेपछि ओलीले आयोगलाई पनि विपक्षी बनाउनुभएको थियो ।
सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने वा नरहने विषयको टुंगो अब सर्वोच्चको पुर्ण फैसलाबाट ढुंगिने छ । पूर्ण सुनुवाईको लागि मिति भने तोकिन बाँकी नै छ ।