हरिवन सहित सात नगरपालिका यो वर्षका उत्कृष्ट नगरपालिका घोषणा


काठमाडौं – नेपाल नगरपालिका संघले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ ।

नगरपालिका संघको आफ्नो २९औं साधारणसभाका अवसरमा ती नगरपालिकालाई पुरस्कृत गरेको हो । पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गर्नु भयो ।

संस्थागत विकास सेवा प्रवाह र वित्तिय सुशासन विधामा दुई नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको थियो । दुवै नगरपालिका स्याङ्जा जिल्लाका रहेका छन् । वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई यो वर्षको संस्थागत विकास सेवा प्रवाह तथा वित्तिय सुशासन पुरस्कार प्रदान गरिएको थियो ।

सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा उत्कृष्ट ठहर भएको छ निलकण्ठ नगरपालिका । यस्तै वन, वातावरण तथा जलवायु परिवर्तन विधामा इलामको इलाम नगरपालिका उत्कृष्ट ठहर गरिएको थियो ।

स्थानीय आर्थिक विकास विधामा सर्लाहीको हरिवन नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै पुरस्कार प्रदान गरिएको छ । हरिवन नगरपालिकाले स्थानीय स्रोत परिचालन गरी नगरपालिकाको विकासमा उत्कृष्ट काम गरेको जनाइएको छ ।

सामाजिक विकास विधा तिलोत्तमा नगरपालिका र राप्ती नगरपालिकालाई उत्कृष्ट ठहर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस  
विवादित नागरिकता विधेयक राष्ट्रपतिद्धारा संसदमै गरेपछी पुर्व महान्यायधिवक्ता बडालको यस्तो आयो स्टाटस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएपछी पुर्व महान्यायधिवक्ता रमेश बडालले

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । आइतबार साँझ

२०७९ साउन ३० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग

सम्पती सबै देशका नाममा दिएको छु अन्य आम्दानीको स्रोत छैन : अध्यक्ष ओली

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पती देशका नाममा दिएको बताउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई