नेकपा एसका मन्त्रीहरूमाथी अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले गम्भीर आरोप लगाउदै यस्तो लेखे स्टाटस


No photo description available.

काठमाडौं फागुन २९ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले नेकपा एसका मन्त्री राति राति अर्काे पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जाने गरेको आरोप लगाउनु भएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त आरोप लगाउनु भएको हो ।

हेर्नुस पराजुलीको स्टाटस

मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुर/कसिलो वनाउनु पर्दछ । तर यहाँ मन्त्री स्वयं जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन् ।
मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ ।
मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नु/हुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ ।
अर्को गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राती राती अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने !
यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समिक्षा गर्नु जरुरी छ ।
नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी ) पार्टीमा लागेका आम नेता कार्यकर्ताको अहिलेको भावलाई पार्टीबाट सरकारमा सहभागी मन्त्रीको माथि उल्लेख गरेका ( जनता कार्यकर्ता भन्दा माफिया दलाल प्यारो देख्ने सेटिङ्ग गर्ने ) गतिविधिले प्रतिनिधित्व गर्न सक्छ त भन्ने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई