घट्यो सुनको मूल्य


काठमाडौं, फागुन ३० गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर एक लाख दुई हजार तीन सय रुपियाँमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार आठ सय रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय रुपियाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला एक लाख दुइ हजार तीन सय रुपियाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई