आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउँने छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
जनकपुर फागुन ३० : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नु भएको छ ।
आज जनकपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको सातौं धनुषा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत प्राप्त गर्ने दावी गर्नु भएको हो ।
नेता पोखरेल एमालेलाई बहुमत प्राप्त पार्टी बनाउन कसैसँग तालमेलको आवश्यक नरहेको भन्दै एमाले बिचको एकताले नै बहुमत आउने बताउनु भयो ।