पीर गीतबारे माओवादीलाई ओलीको कटाक्ष ‘यो गीतले कुनै कुनै पार्टीलाई उधुमै भएको छ’
‘
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक प्रकाश सपूतको पछिल्लो गीति भिडिओ ‘पीर’लाई लिएर नेकपा माओवादी केन्द्रप्रति कटाक्ष गर्नुभएको छ ।
एमाले निकट अखिल नेपाल महिला संघको मंगलवार काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘पीर’ गीतिबारे माओवादीलाई कटाक्ष गर्नुभएको हो ।
ओलिले ‘तिम्रो मायाले मलाई पीर दियो’, गीतको एक लाइन पनि सुनाउनु भयो ।
‘अहिले ‘पीर’ गीत बडो प्रचलित छ। खुबै यसको चर्चा सुनेका छौँ हामीले’, ‘यो गीतले कुनै कुनै पार्टीलाई उधुमै भएको छ।’