महाअभियोग प्रस्तावमा छलफल नहुँदै संसदको अधिवेशन अन्त्य गर्न सिफारिस
काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव संसदमा दर्ता भएपनि छलफल नहुँदै अन्त्यको सिफारिस भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।
संसदको यो अधिवेशनमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।
संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।