एमालेको स्थानीय तहका उम्मेदवार सिफारिसको यस्तो छ नयाँ मापदण्ड
नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकलेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ ।
आज साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
नयाँ मापदण्ड अनुसार वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले निर्णय गर्ने छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने छ । यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको उम्मेदवारको निर्णय केन्द्रबाट गरिने छ ।