२०७८ चैत्र २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– समय शुभ फलदायक रहनेछ, स्वास्थ्यले साथ दिनेछ।
वृष–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– प्रेममा प्रगति होला , इष्टमित्र सन्तान सुख बढ्ला ।
कर्कट– यात्रा सास्ती मिल्नेछ , व्यापारमा मन्दी हुनेछ ।
सिंह– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या–बौद्धिक र रचनात्मक कार्य बन्नेछ, धनलाभको योग पर्नेछ ।
तुला–योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको भरपर्दा धोका पाइएला ।
वृश्चिक– रसरागमा आकर्षण बढ्ला, रमाइलोमा दिन बित्नेछ ।
धनु–काममा व्यस्तता बढ्नेछ ,दाजुभाईको सहयोग हुनेछ ।
मकर– रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन्, पारिवारिक साथ मिल्नेछ ।
कुम्भ– आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ, यात्रा कठिनाइ हुनेछ ।
मीन–आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।