एकीकृत समाजवादीले सबै मन्त्रीलाई फिर्ता बोलाउने
काठमाडौं चैत्र २ : नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ।
एकीकृत समाजवादीले पूर्वसहमतिअनुसार मन्त्रीहरुलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।
मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने सहमति भएको एकीकृत समाजवादी स्रोतको दाबी छ।
पूर्वसहमतिका साथै सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीले मन्त्रालयको काम प्रभावकारी रूपमा गर्न नसकेको, पार्टी र मन्त्रालयबीचको समन्वय नगरेको, पार्टी नेताकार्यकर्ताको गुनासो सम्बोधन नगरेको, मनोमानी काम गरिरहेको, कमिसनमा लिप्त भएको आरोपसमेत मन्त्रीमाथि छ।