चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न मन्त्रीको निर्देशन
सिन्धुपाल्चोक चैत्र २ : खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समय चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
आज सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्नुहुँदै चैत मसान्तसम्म जसरी पानी काठमाडौँ पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो ।