अवैध लागूऔषध सहित पक्राउ


सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ स्थित रामजानकी सामुदायिक वनको घिमिरे डाँडा भन्ने स्थानबाट करिब १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय कुशल गिरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका-२४ बस्ने ३४ वर्षीय प्रकाश दासलाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध डाईलेक्स डिसि १ सय एमएलको १ सय २० बोतल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लहान र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले दासको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई