देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन गर्नुहुने



देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन गर्नुहुने

 

अर्थ |
देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा, प्रधानमन्त्रीबाट उद्घाटन गर्नुहुने

ncell

काठमाडौँ, चैत ३ गते। जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग कलकारखानामा पुग्छ।

पछिल्ला दिनमा सरकारले जलविद्युत् आयोजनाको निर्माणसँगै प्रसारण प्रणाली र सबस्टेशन निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ। देशभित्र उत्पादित बिजुली देशभित्रै खपत गराउने उद्देश्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ।

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन निर्माणपछि सञ्चालनमा आइसकेको छ। सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेशन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

सो सबस्टेशनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ। सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। सो सबस्टेशनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेशन भएको प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेशन सञ्चालनमा छन्। न्यूखिम्ती सबस्टेशनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ।

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई